काठमाडौं । नेकपा (एमाले) लमजुङले फागुन २१ का लागि तय भएको निर्वाचनका लागि पार्टी उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसहित छ जनाको नाम सिफारिस गरेको छ ।
आज बसेको जिल्ला कमिटीको बैठकले गुरुङसहित छ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस हुनेमा गुरुङसहित जमिन्द्रमान घले, कृष्णप्रसाद अधिकारी, धनन्जय दवाडी, भगवती थापा (कल्पना), लक्ष्मीदेवी अधिकारी रहेका छन् ।
बैठकमा पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङ, सदस्यहरु टुका हमाल, जमिन्द्रमान घले, भीष्म अधिकारी, भगवती थापा, कृष्णप्रसाद अधिकारी र यशोदा रिमाल, अनुशासन आयोगका सचिव राजेन्द्र घिमिरेलाई बधाई तथा सम्मान गरिएको थियो ।


