१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:13 am
Banner

आज दिल्ली जाँदै प्रचण्ड

सूचना प्रेस २०८२ पुस २० आइतबार ००:००, ०९:१० बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज भारतको राजधानी नयाँदिल्ली जाँदैछन् । नेकपाको प्रवासी संगठनको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड आज दिल्ली जान लागेका उनको सचिवालयले जनाएको छ । एकता सन्देश सभा भोलि (सोमबार) राखिएको छ ।

सन्देश सभालाई सम्बोधन गरेर प्रचण्ड भोलि साँझ नै स्वदेश फर्किने कार्यक्रम छ । प्रचण्डको सचिवालयले दिल्लीमा रहँदा उनले सन्देश सभालाई सम्बोधन गर्नेबाहेक अन्य राजनीतिक भेटघाटका कार्यक्रम तय नभएको जनाएको छ ।