काठमाडौँ । नेकपा एमालेले काठमाडौँका १० वटै क्षेत्रमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ जिल्ला कमिटीको बैठकले उम्मेदवार सिफारिस गरेको हो । जसअन्तर्गत काठमाडौँ–१ मा मोहन रेग्मीसहित ८ जना छन्, क्षेत्र नम्बर २ मा भने मणिराम फुयाँलको एकल नाम सिफारिस भएको एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।

त्यस्तै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट मा रामेश्वर फुयाँलसहित ६ जना ,४ मा राजन भट्टराईसहित १३ जना, क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेलसहित ८ जना सिफारिस भएका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ६ बाट अमनकुमार मास्केसहित १२ जना छन् । यसैगरी क्षेत्र नम्बर ७ बाट प्रकाश श्रेष्ठसहित ११ जना र क्षेत्र नम्बर ८ बाट राजेश शाक्यको एक मात्र नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ९ बाट भने अजयक्रान्ति शाक्यसहित ९ जना र १० बाट विनोद श्रेष्ठसहित ११ जना सिफारिस भएका हुन् ।
क्षेत्र नम्बर ९ बाट भने अजयक्रान्ति शाक्यसहित ९ जना र १० बाट विनोद श्रेष्ठसहित ११ जना सिफारिस भएका हुन् ।





