३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:37 pm
समाचार

वलिउड अभिनेता सञ्जय दत्तले गरे पशुपतिनाथ दर्शन

सूचना प्रेस २०८२ पुस २५ शुक्रबार ००:००, १४:२२ बजे १ मिनेट पढाइ

काठमाडौं । वलिउड अभिनेता सञ्जय दत्त (सञ्जु) ले पशुपतिनाथमा विशेष पूजा गरेका छन् । शुक्रबार उनले पशुपतिनाथ मन्दिर पुगेर विशेष पूजा गरेका हुन् ।

उनलाई पशुपतिमा कोषका अधिकारीहरूले स्वागत समेत गरेका थिए । बिहीबार केशरमहलस्थित होटल बाराहीको हाताभित्र सञ्चालित क्यासिनो बादशाहको उद्घाटन गर्न उनी काठमाडौं आएका थिए ।

उनले हिजो नै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेट गरेका थिए । पशुपति दर्शनपछि उनी आजै दिल्ली फर्किएका छन् ।