काठमाडौं । भारतमा ग्यास सिलिण्डर विष्फोट हुँदा नौ जना नेपालीको मृत्यु भएको छ । हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका-२ टाकुराका नौ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी १६ वर्षीया राधा विक, अर्की छोरी १० वर्षीया रेणुका विक र छोरा २२ महिनाका राजन विक छन्।
यसैगरी अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विक हुन् । दुई परिवार रोजगारीका लागि भारतमा बस्दै आएका थिए ।


