३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:43 pm
Banner

राजु पाण्डेले दिए काठमाडौं महानगरबाट राजीनामा

सूचना प्रेस २०८२ माघ २ शुक्रबार ००:००, १३:५३ बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागु हुनेगरी राजीनामा दिएको बताएका छन् ।

उनी फागुन २१ मा हुने आम निर्वाचनमा काठमाडौं–४ बाट चुनावी प्रतिष्पर्धामा होमिने तयारी गरेका छन् । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई पाण्डेले आज राजीनामा बुझाएका हुन् ।