भक्तपुर । भक्तपुरमा छोराले आफ्नै आमाको हत्या गरेका छन् । भक्तपुरको मध्यपुर थिमि–३, तेर्सेटारमा शुक्रबार राति २७ वर्षीय प्रविण भण्डारीले आफ्नी ५० वर्षीया आमा सरिताको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार गम्भीर घाइते भएकी सरितालाई उपचारका लागि भक्तपुर इन्टरनेशनल अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आमाको हत्या गरेका भण्डारीले सोही धारिलो हतियारले आफ्नै टाकोमा हानेका थिए । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


