काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि पोखरेलले आफूले निर्वाचन जित्ने विषयमा पूर्ण विश्वस्त रहेको बताए । राजनीति स्थायित्व जरुरी रहेको बताउँदै उनले राजनीति स्थायित्वको लागि भूमिका खेल्ने प्रतिबद्धता बताए ।
पोखरेलले भने, ‘प्रतिस्पर्धाको लागि उम्मेदवारी दर्ता गराइयो । विजयको अपेक्षा पूर्ण रुपमा गर्दै मैले उम्मेदवारी दर्ता गरेको छु । विकास निर्माणका मुद्दाहरुलाई उठाउँछौँ । राजनीति स्थायित्व जरुरी छ । त्यो राजनीति स्थायित्वको लागि आफ्नो ठाउँबाट भूमिका निभाउँछौँ ।’
निर्वाचन जित्ने ठूलो आधार जनताको समर्थन भएको भन्दै पोखरेलले एमालेको जित सुनिश्चित भएको दाबी गरे । काठमाडौं क्षेत्र नं. ५ बाटै राप्रपाका कमल थापाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।


