काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न गठिन जाँचबुझ आयोगको म्याद थप्न प्रस्ताव गरिएको छ ।
गौरीबहादुर कार्कीको नेतृत्वमा तीन महिनाको समयसीमा दिएर आयोग गठन गरिएको थियो । मन्त्रिपरिषद्बाट कम्तीमा दुई साताका निम्ति दोस्रोपटक म्याद थप्ने तयारी छ ।
यसअघि आयोगको काम नसकिएपछि मन्त्रिपरिषद्को निर्णयबाट पुनः एक महिना म्याद थपिएको थियो । थपिएको उक्त म्याद भोलि सकिँदै छ ।


