काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाने भएका छन् ।
सभापति थापाको सचिवालयका अनुसार उनी बिहान साढे १० बजेको उडानबाट सिमारा हुँदै सर्लाही जान लागेका हुन् ।
वारिसमार्फत उम्मेदवारी दर्ता गराएका थापा उम्मेदवारी दर्तापछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र जान लागेका हुन् ।


