काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षमा बसिरहेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल लगायत पनि सहभागी छन् ।
सिंहदरबारस्थित परिषद्को कार्यालयमा जारी बैठकमा चुनावी सुरक्षाको विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।


