२५ कार्तिक २०८३, बुधबार Wednesday, 11 November 2026
हामीलाई पछ्याउनुहोस्
२५ कार्तिक २०८३, बुधबार 11:23 am
समाचार

जमलमा तीन वटा सवारी साधन आपसमा ठोक्किए

सूचना प्रेस २०८२ माघ १३ मंगलबार ००:००, १३:३७ बजे १ मिनेट पढाइ

काठमाडौँ : काठमाडौँको जमलस्थित सिद्धि भवन अगाडि तीन वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

मंगलबार केहीबेर अघि मोटरसाइकल, स्कुटर र एउटा माइक्रो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर एक जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको छ ।