काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन साढे नौ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (माघ १४) सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ । यो इतिहासकै उच्च मूल्य हो ।
अघिल्लो दिन भने प्रतितोला तीन लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा ४३० रुपैयाँले बढेर सात हजार ३०० रुपैयाँ पुगेको छ ।


