२४ कार्तिक २०८३, मंगलबार Wednesday, 11 November 2026
हामीलाई पछ्याउनुहोस्
२४ कार्तिक २०८३, मंगलबार 2:50 am
समाचार

दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी

सूचना प्रेस २०८२ माघ १५ बिहिबार ००:००, ११:४५ बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको हो ।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी रमेश थापाले आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको बताए । आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी दमकलसहित परिचालन भएको छ । आगलागीको कारण भने खुलेको छैन ।