काठमाडौं । जनस्वास्थ्य कार्यालय ललितपुरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय ८७ जनाले सेवा लिएका छन् ।
महाँकाल गाउँपालिका–६, ठूलादुर्लूङ्गको कपिरामस्थित बागमती आधारभूत विद्यालयमा जनस्वास्थ्य कार्यालय ललितपुरद्वारा आयोजना गरिएको एकीकृत प्रजनन् रुग्णता जाँच तथा व्यवस्थापन र भ्यासेक्टी सहितको शिविरको सेवाको विवरण सार्वजनिक गर्दै कार्यालयले १३४ महिला र १५३ पुरुष गरी २८७ जनाले सेवा लिएको जानकारी दिएको हो ।
विवरण अनुसार भ्यासेक्टोमी ३, आरएच मोरबिडीटी सम्बन्धी सेवा ७०, एचपिभी डीएनए ४२, स्तन क्यान्सर परीक्षण ३८, युटीआई सम्बन्धी सेवा ३, पीआइडी १०,अल्ट्रासाउन्ड ५० ,महिनावारी सम्बन्धी ५ जनाले सेवा लिएका छन् ।
शिविर गत सोमबार माघ १२ गते सञ्चालन भएको थियो । उक्त शिविरको विवरण कार्यालयले आज सार्वजनिक गरेको हो ।


