काठमाडौं : नेपाली कांग्रेसले आगामी निर्वाचनमा कुनै पनि पार्टीसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारेको छ।
पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाइसकेको जानकारी दिएका छन्।
चालिसेले भने, ‘चुनावअघि कसैसँग गठबन्धन हुँदैन। सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकिएको छ र हामी दृढतापूर्वक प्रचारमा लागेका छौँ। सभापतिले पनि सार्वजनिक रूपमा यही कुरा भन्नुभएको छ। त्यसबाहेक अरू कुनै भ्रममा नपर्न सबैमा आग्रह गर्दछु।’
उनले नयाँ बनेका दल वा नेताहरूले चुनावअघि आकर्षक शब्द प्रयोग गरी भ्रम सिर्जना गर्ने प्रवृत्तिप्रति सचेत रहन सबैलाई अनुरोध गरे।


