काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक घटेर बन्द भएको छ । साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले मंगलबार पनि सोही प्रवृत्ति निरन्तरता दिएको हो ।
यस दिन नेप्से परिसूचक १०।२५ अंक घटेर २६६२।१४ विन्दुमा झरेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स १।२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०।८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।५६ अंकले गिरावट देखीएको छ ।
परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यसदिन १० अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३२४ कम्पनीका २ करोड १७ लाख १५ हजार कित्ता शेयर ८९ हजार ८३६ पटक कारोबार हुँदा कुल कारोबार रकम ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ ।
यस दिन कालिञ्चोक दर्शन लिमिटेडको शेयरमूल्य सर्वाधिक ६।३६ प्रतिशतले बढेको छ । त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले उक्लिएको छ भने आरबिबि फोकस ४० म्युचुअल फण्डको इकाईमूल्य करिब ४ प्रतिशतले बढेको छ । यता, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सर्वाधिक ५।२४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा मंगलबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको यस दिन ४५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको साढे ४० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम साढे ३८ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये मंगलबार २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेका छन् । कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।१५ प्रतिशतले घटेको छ ।


