काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किएका छन् । उनी करिब तीन महिनाको झापा बसाइ सकेर शुक्रबार काठमाडौँ फर्किएका हुन्। झापाको दमक नगरपालिका- ९ स्थित ‘मिनी दरबार’ (हिमालयन महालक्ष्मी टी-इस्टेट) मा बस्दै आएका शाह कैलाश एयरको हेलिकोप्टरबाट काठमाडौं आएका हुन् ।
उनी सिधै निवासमै ओर्लिएका छन् । उनको स्वागतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विभिन्न राजावादी समूहहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य प्रदर्शन र र्यालीसहितको तयारी गरेका थिए। तर शाह सिधै निवासमै झरेपछि उनका समर्थक निराश बनेका छन् । उनको स्वागतमा विमानस्थल अगाडि सयौं समर्थक भेला भएका थिए ।


