गोरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मतदान गरेका छन् । जारी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भट्टराईले गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि केन्द्रमा सवा ९ बजे मतदान गरेका हुन् ।

यहाँ भट्टराई समर्थित दल प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई समर्थन गरेको छ ।


