काठमाडौं । दैलेख क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छिन्। हालै सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार थापाले १२ हजार ३ सय ७१ मत प्राप्त गरी जित सुनिश्चित गरेकी हुन्।

उनले आफ्ना मुख्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रविन्द्र राज शर्मालाई झिनो मतान्तरले पराजित गरेकी हुन्। शर्माले ११,७९६ मत ल्याए ।
निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक रूपमा थापा विजयी भएको घोषणा गर्दै अन्तिम मत परिणाम सार्वजनिक गरेको छ।


