काठमाडौं । सिन्धुली क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशिष गजुरेल विजयी भएका छन् ।

गजुरेलले १७ हजार ९४० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लेखनाथ दाहालले १४ हजार ७८० मत प्राप्त गरे । नेकपा एमालेका मनोजजंग थापाले ११ हजार ६०६ मत ल्याउँदा नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार ७६० मत प्राप्त गरिन् ।


