४ आश्विन २०८१, शुक्रबार 1726871367
Banner

एकीकृत समाजवादीले सरकारमा सहभागि मन्त्री फिर्ता बोलाउने, कुन–कुन मन्त्री हुने भए फिर्ता ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा रहेका आफ्ना सबै मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको छ । नेकपा (एस) का सम्मानित नेता झलनाथ खनालका अनुसार प्रधानमन्त्रीसँगको छलफलपछि भोलि नै निर्णय कार्यान्वयन गर्ने तयारी छ ।

पार्टीको निर्णय कार्यान्वयन हुँदा चार मन्त्री र एक राज्यमन्त्रीको पद जानेछ । स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रीबाट हट्नेछन् भने स्वास्थ्य राज्यमन्त्री भवानी खापुङको पनि राज्यमन्त्री पद रिक्त हुनेछ ।

नेकपा (एस)ले सरकारमा पठाउने नयाँ मन्त्रीहरूको नाम भने सार्वजनिक गरिसकेको छैन ।