४ आश्विन २०८१, शुक्रबार 1726877858
Banner

वातावरण दिवसको अवसरमा राष्ट्रपतिद्वारा वृक्षारोपण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय परिसरभित्र आज वृक्षारोपण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवन परिसरमा विभिन्न जातका फलफूलको बिरुवा रोप्नुभएको हो ।

उहाँले हरेक वर्ष विश्व वातावरण दिवसका दिन राष्ट्रपति कार्यालय परिसरभित्र वृक्षारोपण गर्दै आउनुभएको छ ।