काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार गठन हुन अझै १० दिने लाग्ने बताएको छ । आज रास्वपाका प्रवक्ता मनिष झाले समानुपातिक तर्फको चयन सकेपछि मात्रै सरकार गठन गरिने बताएका हुन्
। झाले भने, “संवैधानिक प्रक्रियाअनुसार समानुपातिकतर्फको सबै क्लस्टरअन्तर्गत आज चयन गर्छौं । त्यसपछि नयाँ सरकार बन्न १० दिनजति लाग्न सक्ला,”। समानुपातिक सांसदहरूको सूची चयन गर्न आज रास्वपाको सचिवालय बैठक भर्चुअल बस्दैछ ।


