काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनले हेमराज शर्मालाई अध्यक्ष चयन गर्ने भएको छ ।
शनिबारबाट काठमाडौंमा जारी महाधिवेशनबाट वर्तमान कार्यसमितिका उपाध्यक्ष शर्मालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने सहमति भएको हो ।

सहमति अनुसार, एक अध्यक्ष र दुई महासचिवको पद रहने छ ।
हालसम्म उपाध्यक्षमा श्रेष्ठ समूहबाट बुद्धिसागर सुवेदी, मनोज गोर्खाली, लोक दाहाल तथा केसी समूहबाट रोविन शेरचन र रोजिना प्रधान राईको नाममा सहमति भइसकेको स्रोतले बतायो ।
हाल दुई युवा उपाध्यक्षसहित आठ जना उपाध्यक्षको पद रहेकोमा यो थपिन पनि सक्ने ती पदाधिकारी बताउँछन् ।
महासचिव पदमा केसी समूहबाट डा. चिरञ्जिवि खड्काको नाम तय भइसकेको तर श्रेष्ठ समूहको नाममा सहमति जुट्न बाँकी रहेको स्रोतको भनाइ छ ।


