काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको हो । सुन आज तोलाको तीन लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुनको भाउ तीन लाख १४ हजार २०० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २२५ रुपैयाँले घटेर पाँच हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।


