काठमाडौं । कम्बोडियामा अलपत्र परेका २० जना नेपालीको उद्धार गरिएको छ ।
थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासको पहलमा उनीहरूलाई गैरकानुनी काममा लगाइएको अवस्थाबाट उद्धार गरी काठमाडौं ल्याइएको हो ।
दूतावासका अनुसार उनीहरु अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र बिनाभिसा बसिरहेका व्यक्तिहरु हुन् ।


