काठमाडाैं । लुयान नेपालले ग्राहकलाई लक्षित गर्दै सजिलो फाइनान्स सुविधा सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत अब ग्राहकले दैनिक करिब रु २०० तिरेर पनि लुयानको इलेक्ट्रिक स्कुटर आफ्नो बनाउन सक्ने भएका छन् ।

“लुयान सरल फाइनान्स” अफर अन्तर्गत लुयानको लोकप्रिय एमएनके३ प्रो मोडेल खरिद गर्दा ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरेपछि बाँकी रकमलाई १८ महिनासम्मको सहज किस्तामा तिर्न सक्ने व्यवस्था गरिएको छ । यसरी हिसाब गर्दा दैनिक करिब रु २०० बराबरको किस्ता पर्न जाने कम्पनीले जनाएको छ ।
रु १ लाख ९५ हजार मूल्य रहेको एमएनके३ प्रोमा २८०० वाटको पिक मोटर पावर जडान गरिएको छ, जसले उकालो बाटोमा पनि उत्कृष्ट परफर्मेन्स दिन सक्षम बनाउँछ । करिब १८० एमएम ग्राउण्ड क्लियरेन्स भएको यस स्कुटरले ग्रामीण कच्ची सडकमा समेत सहज रूपमा चल्न सक्ने कम्पनीको दाबी छ ।
गुणस्तरीय स्कुटर सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको लुयान नेपाल सर्भिस नेटवर्कको हिसाबले पनि अग्रणी मानिन्छ । कम्पनीले काठमाडौं उपत्यकाभित्र मात्र करिब १८ वटा सर्भिस सेन्टर सञ्चालन गर्दै आएको छ, जसले ग्राहकलाई सहज र भरपर्दो सेवा सुनिश्चित गरेको छ ।
लुयानसँगै कम्पनीले सारथी तथा इकुटर ब्राण्डका इलेक्ट्रिक स्कुटरहरूको समेत बिक्री वितरण गर्दै आएको छ । विगत ७ वर्षदेखि निरन्तर यस क्षेत्रमा सक्रिय रहँदै आएको कारणले पनि कम्पनीप्रति ग्राहकको विश्वास मजबुत बन्दै गएको कम्पनीका सेल्स हेड शंकर शर्माले बताए ।


