२५ बैशाख २०८३, शुक्रबार 1778277979
समाचार

सरकारी नियुक्ति पाएकाले पद छोड्दा उपयुक्त : भण्डारी

काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुने भनाइ राखेका छन्।

उनले बहुमतको सरकार बनिरहेको बेला विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुने भनाइ राखेका हुन्। ‘बहुमतको सरकार बनिरहेको छ, जोस र जागर छ- जनताले पताइसकेका छन्,’ उनले भने, ‘विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोडे भइहाल्यो नि।’

उनले स्वाभिमान दौरा–सुरुवाल, कोट, पद, पैसा, निवास, गाडीले सुरक्षा दिएको लोभले बडाएको ‘कर्तुत’ नभएको बताए। भण्डारीले सामाजिक सञ्जालमा लेख्छन्, ‘अब लामो सास नफेर !!! सल्लाह पनि नखोज !!! ‘हटायो’ भन्ने शब्द आउन किन दिने? नयॅा नजिर बन्न सक्दछ! ‘स्वाभिमान’ —दौरा–सुरुवाल, कोट, पद, पैसा, निवास, गाडीले सुरक्षा दिएको लोभले बडाएको ‘कर्तुत’ होइन।’