काठमाडौँ : सुनसरीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । इटहरी उपमहानगरपालिका–५ डेरा गरी बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका–८ घर भएकी ४१ वर्षीया मिना माझी मृत अवस्थामा फेला परेकी हुन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्ष अनुसार, उनी आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।


