२१ कार्तिक २०८३, शनिबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 12:29 am
समाचार

नक्कली सुन जस्तो देखिने धातुसहित चारजना पक्राउ

सूचना प्रेस २०८२ चैत्र ११ बुधबार ००:००, १२:५३ बजे १ मिनेट पढाइ

रौतहट : चन्द्रपुर नगरपालिका-५ स्थित जगत रिसोर्ट होटलबाट नक्कली सुन जस्तो देखिने धातु ७ थान सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत पश्चिम बंगाल दार्जलिङ मटिघारा ग्राम पंचायत-३ बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका-३ घर भएका ३७ वर्षीय अशोक तामाङ, रौतहट चन्द्रपुर नगरपालिका-१० बस्ने ३० वर्षीय अरबिन्द चौधरी, बौधीमाई नगरपालिका-६ बस्ने ३८ वर्षीय रूपकेश राय यादव र भारत पश्चिम बंगाल सिलीगुढी जयगाउँ बस्ने ३० वर्षीय संजोक बस्नेत रहेका छन् ।

उक्त होटलमा सुनचाँदीको अवैध विक्री वितरण हुँदैछ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले होटलको १०२ नम्बरको कोठा तलासी गर्दा उक्त धातु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।