३१ बैशाख २०८३, बिहिबार 1778741836
राजनीति

पूर्वप्रधानमन्त्री ओलीको स्वास्थ्यमा देखियो ६ समस्या

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा ६ वटा समस्या देखिएका छन्।

ओलीको स्वास्थ्य अवस्थाबारे त्रिभुवन शिक्षण अस्पतालले आज (आइतबार) विज्ञप्ति जारी गरेको छ । शनिबार बिहान पक्राउपछि काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पलतामा उपचाररत ओलीलाई विभिन्न किसिमका समस्या देखिएको अस्पतालले जनाएको छ।

मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यमा हाइड्रोनेफ्रोसिस, मधुमेह, उच्च रक्तचाप, हाइपोथाइराइडिज्म , एट्रियल फिब्रिलेसन र कोलेलिथियासिस देखिएको अस्पतालले जानकारी गराएको छ ।