काठमाडौं । हिरासतमा रहेका पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाई सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाई भएको हो ।
लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै लेखकलाई तत्काल रिहाइ गर्न माग गर्दै आइतबार बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो।


