२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 10:57 am
Banner

संसद् सचिवालय आह्वानमा सर्वदलीय बैठक आज बस्दै

सूचना प्रेस २०८२ चैत्र २३ सोमबार ००:००, ०७:२८ बजे १ मिनेट पढाइ

काठमाडौं । संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्ने बताइएको छ । बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेशहरूलाई स्वीकृत गर्ने प्रस्ताव लैजाने तयारी गरिएको छ ।

आजै संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै छ ।