काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको रिहाईको माग गर्दै आन्दोलनमा उत्रिँदा साइबर बुलिङमा परेकी अमिशा पराजुलीको उजुरीको आधारमा एकजना पक्राउ परेका छन् ।
२० वर्षीया पराजुृलीलाई बुलिङ गर्ने रौतहटको गुजरा नगरपालिका-२ बस्ने २४ वर्षीय अभिषेक चौधरी पक्राउ परेका हुन् । अनुसन्धान क्रममा सोधपुछ गर्दा आफूले कमेन्ट गरेको स्वीकार गरेको उनले स्वीकार गरेका छन् ।
उनले अमिशामाथि अपशब्द प्रयोग गर्दै कमेन्ट गरेका थिए । आफूमाथि डिजिटल यौनहिंसा भएको भन्दै अमिशाले चैत १८ गते साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।


