गृहमन्त्री सुधन गुरूङले फेवातालको जग्गाबारे श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई जबाफ दिएका छन्।

अध्यक्ष साम्पाङले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् गृहमन्त्री जोडिएको फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरी जानकारी गराउन भनेका थिए।
गृहमन्त्री गुरूङले आफ्नो सचिवालयमार्फत् साम्पाङलाई जबाफ दिएका छन्।
यस्तो छ जबाफ
तपाईं र मेरो बीच विगत लामो समयदेखि रहेको सम्बन्ध, देशको हितका लागि द्यएप्क्ष्ज्क् का मुद्दाहरूमा सँगै अघि बढ्दै आएको यात्रा, र दाजुभाइको आत्मीय सम्बन्धले अझ मजबुत बनाएको छ। यस्तो गरिमामय पदमा रहि रहँदा तपाईं र नगरिकलाई जवाफ दिनु मेरो जिम्मेवारी पनि हो।
आजभन्दा करिब ८–१० वर्ष अघि, हामी तीन जना युवा साथीहरूले मिलेर पोखराको पर्यटन विकासका लागि,विशेष गरी गाउँको विकास गर्ने उद्देश्यले,एकदमै विकट र विकास नपुगेको ठाउँ रोज्यौं। सो क्षेत्रलाई छनोट गर्नुको मुख्य कारण नै त्यहाँ पूर्वाधार र विकासको कमी हुनु थियो, र हामीले आफ्नो पहलले त्यहाँको समग्र विकासमा योगदान पुर्याउन सकिन्छ भन्ने विश्वास गरेका थियौं।

सोही क्रममा, हामीले उक्त जग्गा मेरो नाममा नभई भाडामा लिएर काम अगाडि बढाएका थियौं। त्यसबेला उक्त जग्गा ६५ मिटर क्षेत्रमा नपर्ने भनी जानकारी दिइयो, लालपुर्जा समेत देखाइयो, र त्यसैअनुसार हामीले लगानी सुरु गर्यौं।
तर पछि नगरपालिकाबाट उक्त जग्गा ६५ मिटर क्षेत्रमा पर्ने तथ्य थाहा पाएपछि हाम्रो लगानी जोखिममा पर्यो।

यसले गर्दा निर्माण कार्य समेत रोक्नुपर्ने अवस्था आयो। हाम्रो लगानी र सपना दुवै डुब्यो र हामी ठगीमा परेको बल्ल हामीले महसुस गर्यौ। ठगीमा परे तापनि अरुलाई दुःख नदिने उद्देश्यले हामी चुप्प लागेरै बस्यौँ। अवैध मानिएको जग्गामा यति ठूलो लगानी गरेर फेरि भाडा तिर्नु पर्ने अवस्था उपयुक्त देख्दैनौँ।

त्यसैले, त्यस समयमा हाम्रो युवावस्थाको आशा र विश्वासमाथि ठगी भएको महसुस गर्दै, हामी अब यस विषयमा कानुनी उपचारको बाटो रोज्ने निर्णयमा पुगेका छौं।



