सुर्खेत । कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले राजीनामा दिएका छन् । प्रदेश सचिव बुढाथोकी पछिल्लो समय निकै विवादित बनेका थिए ।
दोहोरो सुविधा लिनेदेखि आफ्नो स्वकीय सचिवमा आफ्नै श्रीमतीको नाम राखेर लाखौँ भुक्तानी लिएको भन्दै उनको आलोचना भइरहेको छ । उनको राजीनामा प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ ।


