काठमाडौं । गृहमन्त्री सुधन गुरुङले स्वीजरल्यान्डस्थित विभिन्न बैंकहरूमा नेपाली नागरिकको पैसाबारे खोजीका लागि चासो देखाएका छन् ।

बुधबार स्वीटजरल्याण्डकी राजदूत ड्यानिय म्यावलीलाई काठमाडौंमा भेटेर उनले यसबारेमा छलफल नै गरेका हुन्।
अवैध बाटोबाट नेपालीले कमाएको पैसा स्वीस बैंकहरूमा राखे(नराखेकोबारे अनुसन्धान हुने जनाउँ दिँदै त्यसका लागि सहयोग गर्न राजदूतलाई भनेका हुन् ।
गुरुङसँगको भेटका क्रममा राजदूत म्यावलीले भने दुई देशबीचका सरकारले गर्दै आएका आप्रवासन मामिलाहरूमा सहकार्यबारे कुरा राखेकी थिइन् ।


