काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो सम्पत्ति सम्बन्धी अनुसन्धानको विषयलाई लिएर स्पष्टीकरण दिएका छन् ।

देउवाले सामाजिक सञ्जालमार्फत आफ्नो र परिवारको सम्पत्ति सम्बन्धी अनुसन्धानबारे सार्वजनिक भएको विषयलाई लिएर स्पष्टीकरण दिएका हुन् ।
देउवाले आफू र परिवारबारे सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने कुरा सञ्चारमाध्यमबाट थाहा पाएको बताउँदै सम्पत्तिसम्बन्धी विषयमा भ्रामक तथा झुटा प्रचार भएको दाबी गरेका छन् ।


