२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 4:55 pm
Banner

ओली र लेखकलाइ आज हाजिरी जमानीमा छाड्ने तयारी

सूचना प्रेस २०८२ चैत्र २६ बिहिबार ००:००, ०९:१० बजे १ मिनेट पढाइ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिरी जमानीमा छाड्ने तयारी भएको छ । सरकारको यस्तो तयारीपछि सम्भवतः उनीहरू आजै हाजिरी जमानीमा रिहा हुनेछन् । सर्वोच्च अदालतले सोमबार ओली र लेखकलाई सशर्त थुनामुक्तको आदेश दिएको थियो ।

सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दिएको आदेशपछि उनीहरुलाई हाजिरी जमानीमा छाड्न लागिएको हो । थपिएको पाँचदिन भित्र ओली–लेखकमाथि मुद्दा अभियोजन नभए उनीहरूलाई हिरासतमुक्त गर्न सर्वोच्चले परमादेश दिएको थियो ।