काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले रिहा गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको हो । अबको थप निर्णय भने उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने जनाइएको छ ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा उनलाई चैत १४ गते भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए ।


