काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह लगायतका नेताहरुलाई गाली गरेर अपमानजनक भिडियो सामग्री प्रशारण गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । साइबर ब्युरोको समन्वयमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिश कर्णले जानकारी दिए ।
पोखरेलमाथि जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरेर साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


