काठमाडौं। सर्वोच्च अदालतले विशेष अधिवेशनद्वारा निर्वाचित कार्यसमितिलाई नै कांग्रेसको आधिकारिकता दिएको छ ।
अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन सम्मत ठहराउँदै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीलाई अध्यावधिक गर्ने निरवाचन आयोगका निर्णयलाई पनि सदर गरेको हो।
न्यायाधीहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले काँग्रेसका तत्कालिन कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले दायर गरेको रिट खारेज गरेको हो ।



