काठमाडौंः देशका अधिकांश स्थानमा तापक्रम बढ्ने क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, तापक्रम बढेसँगै तराई भूभागमा आज ‘तातो दिन’ हुनेछ। ‘मधेस प्रदेशलगायत वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भूभागमा तातो दिन हुने सम्भावना छ,’ विभागले भनेको छ।

आज दिउँसो कोसी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमाआंशिक बादल लाग्नेछ। कोसी प्रदेशलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा÷हिमपातको सम्भावना छ।
राति, देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।


