काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले आफनो हाताभित्र रहेको कीर्तिपुर क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ।
त्रिविले नेपाल क्रिकेट संघ (क्यान) लाई पत्र पठाएर ३५ दिनभित्र रंगशाला खाली गर्न भनेको हो। त्रिविले आफू मातहतका अतिक्रमित जग्गा फिर्ता ल्याउन गत वैशाख ४ गते ३५ दिनको सूचना निकालेको थियो। सोही अन्तर्गत १८ वटा संस्थालाई जग्गा फिर्ता गर्न पत्र काटेको छ।


