२३ बैशाख २०८३, बुधबार 1778094559
Banner

चलचित्र ‘लालीबजार’ रोक्न अदालतले दिएन अन्तरिम आदेश, भोलिदेखि हलमा लाग्ने

काठमाडौं । नेपाली चलचित्र ‘लालीबजार’ प्रदर्शनको बाटो खुलेको छ ।

आज उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले रोशनी नेपालीको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको हो।

यसअघि वैशाख १५ गते प्रारम्भिक सुनुवाइ गर्दै अल्पकालिन आदेश दिएर दुवै पक्षलाई छलफलमा बोलाएको थियो। जसअनुसार मंगलबार प्रदर्शन अनुमति दिने केन्द्रीय चलचित्र जाँच समितिको सक्कल फाइल झिकाउन आदेश दिएको थियो।

अदालतले प्रदर्शनमा रोक लगाउन अन्तरिम आदेश जारी नगरेसँगै प्रदर्शनको बाटो खुलेको हो । चलचित्र वैशाख १८ देखि प्रदर्शनका लागि तय भएको थियो । तर बादी समूदायप्रति ठेस पुगेको भन्दै रोशनीले रिट दायर गरेपछि प्रदर्शन रोकिएको थियो ।