३ जेष्ठ २०८३, आइतबार 1779028010
Banner

लोमान्थाङमा चीनबाट ल्याइएको २ कन्टेनर भेप बरामद

काठमाडौं । मुस्ताङको लोमान्थाङबाट सशस्त्र प्रहरीले चीनबाट ल्याइएको २ केन्टेनर भेप बरामद गरेको छ । लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट २ कन्टेनर भेप बरामद गरेको हो । प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ को धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ बस्ने फुन्चुदोर्जे तामाङ र उनका साथी सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पा रहेको छन् । उनीहरूले भेप कोरोला नाका हुँदै काठमाडौंतर्फ ल्याउँदै थिए ।