४ जेष्ठ २०८३, सोमबार 1779119279
Banner

एमाले सचिवालय बैठक गुण्डुमा जारी

काठमाडौँ-नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी अध्यक्ष केपी ओलीको निवास भक्तपुरको गुण्डुमा बैठक सुरु भएको हो।

२०८३ फागुन २१ को निर्वाचनपछि अध्यक्ष ओलीको उपस्थितिमा औपचारिक रूपमा पहिलो पटक बस्न लागेको बैठकले नेताहरूको कार्य विभाजन गर्ने मुख्य एजेन्डा रहेको बताइएको छ। त्यसबाहेक नेताहरूको वरीयता निर्धारण र चुनावी समीक्षा पनि बैठकको एजेन्डा बन्न सक्ने नेताहरूको भनाइ छ ।