६ मंसिर २०८३, आइतबार Sunday, 22 November 2026
हामीलाई पछ्याउनुहोस्
६ मंसिर २०८३, आइतबार 11:55 am
अर्थ

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सूचना प्रेस २०८३ जेष्ठ २९ शुक्रबार ००:००, ११:४१ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ५ हजार ३०० रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।

बिहीबार सुनको मूल्य २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको थियो । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्य ४ हजार ६५० रुपैयाँ कायम भएको थियो ।