२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 1:11 pm
अर्थ

महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो ७.४८ प्रतिशत लाभांश

सूचना प्रेस २०८३ कार्तिक २७ शुक्रबार ००:००, १२:५७ बजे १ मिनेट पढाइ

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७.४८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकले हाल कायम चुक्तापूँजीको ३.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ३.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले बोनस शेयर र नगद लाभांश गरी कुल ७.४८ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कात्तिक २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नसक्ने जनाइएको छ ।